समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

शिवसताक्षीमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

झापा, असोज २४ गते । झापा जिल्लाको शिवसताक्षी नगरपालिका–१ मन्दिर टोलस्थित भित्री पक्की सडकमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

Advertisement

अन्दाजी दिउँसो १ः२० बजेको समयमा पाराबारीबाट धरमपुर चौकतर्फ जाँदै गरेको प्र.१–०१–०१६ प ९३५८ नम्बरको टीभीएस १२५ सीसी स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०४३ प ९४७५ नम्बरको पल्सर १५० सीसी मोटरसाइकल एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।

Advertisement

दुर्घटनामा स्कुटर चालक झापा बिर्तामोड नगरपालिका–५ बस्ने २५ वर्षीया निरुता भट्टराईको टाउको र अनुहारमा गम्भीर चोट लागी बि एण्ड सि अस्पताल बिर्तामोड पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषित गरेका छन्।

सोही स्कुटरमा सवार सिन्धुपाल्चोक चिम्लिङबेसी गाउँपालिका–४ का ३४ वर्षीय सिताराम पराजुली र पल्सर मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिका–१ का ३१ वर्षीय सुरज कार्की गम्भीर घाइते भई बि एण्ड सि अस्पतालमा उपचाररत छन्।

प्रहरीका अनुसार, दुबै सवारीसाधनलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण तिव्र गति रहेको प्रारम्भिक अनुमान गरिएको छ। उक्त स्थान ट्राफिक प्रहरी पोष्ट झिलझिलेबाट करिब चार किलोमिटर पश्चिम–दक्षिण तर्फ पर्छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article