समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

कैलालीमा युवकको घाँटी रेटेर हत्या, दुई जना पक्राउ

धनगढी, असोज २५ । कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा शुक्रबार राति एक युवकको घाँटी रेटेर बीभत्स हत्या गरिएको छ। मृतक २८ वर्षीय केशर बहादुर बुढा रहेका छन्।

Advertisement

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार हत्या अभियोगमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई पक्राउ गरिएको छ।

Advertisement

प्रहरीको प्रारम्भिक अनुसन्धानले खाजा खाने क्रममा भएको आपसी विवाद चर्किएपछि हत्या भएको देखाएको छ। घटनापछि दुबै अभियुक्तले मृतकको टाउको छिनाएर बोकेर प्रहरीमा आत्मसमर्पण गर्न जाँदै गर्दा पक्राउ परेका थिए।

प्रहरीले मृतकको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखेको छ भने शरीर घटनास्थलमै रहेको जनाएको छ। डीएसपी अवस्थीका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो बीभत्स घटनाले स्थानीय बासिन्दामाझ त्रास फैलाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article