हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

बुद्धशान्ति–७ लिचीबगानमा भेटिएकी नवजात शिशुको उपचार सुरु, परिवार खोजी जारी 

झापा, बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नम्बर ७, लिचीबगानमा भेटिएकी नवजात शिशुलाई उद्धारपछि उपचारका लागि मेची प्रादेशिक अस्पताल, भद्रपुर लगिएको छ।

Advertisement

गाउँपालिका प्रवक्ता अनिल वाग्लेका अनुसार, नानीलाई वडा नम्बर ७ को समन्वयमा अस्पताल पुर्याइएको हो। अस्पतालमा उनलाई विशेषज्ञ डाक्टरहरूको निगरानीमा स्वास्थ्य परीक्षण गरि राखिएको छ।

Advertisement

केही समय अघि बुद्धशान्ति साप्ताहिकले बालिका भेटिएको समाचार प्रकाशित गरेपछि स्थानीय प्रहरी र गाउँपालिकाको सक्रिय पहलमा बालिकालाई सुरक्षित तरिकाले अस्पताल पुर्‍याइएको प्रवक्ताले जानकारी दिनुभयो।

प्रवक्ता वाग्लेले थपे, “बालिकाको स्वास्थ्य सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो। परिवार खोज्ने कार्य भोलि सबै सम्बन्धित निकायसँग मिलेर सुरु गरिनेछ।”

समाजको जिम्मेवार नागरिकका रूपमा, यदि यो बालिका तपाईंको परिवार वा चिनजानको हो भने तुरुन्त सम्पर्क गर्नुहोस्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)