हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

केन्द्रीय सुरक्षा समितिको बैठक आज, निर्वाचन तयारीमा गृह मन्त्रालय सक्रिय

काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बस्ने बैठकमा गृह र रक्षा सचिवका साथै चारै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनेछन्।

Advertisement

बैठकले हाल निर्माणाधीन एकीकृत निर्वाचन सुरक्षा योजनाको प्रगतिबारे समीक्षा गर्दै आवश्यक पृष्ठपोषण र नीतिगत निर्देशन दिनेछ।

Advertisement

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेको नेतृत्वमा गठित एकीकृत निर्वाचन सुरक्षा समितिमा चारै सुरक्षा निकायका प्रतिनिधि तथा उपसचिव रवीन्द्र अधिकारी सदस्य सचिवको जिम्मेवारीमा छन्।

उक्त समितिले तयार पारिरहेको सुरक्षा योजना प्रत्येक जिल्लामा पठाइनेछ, जहाँ प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले त्यसको कार्यान्वयन गर्नेछ।

‘हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ,’ गृहमन्त्री अर्यालले भने, ‘निर्वाचन आयोगसँग सघन छलफल र समन्वय भइरहेको छ, र सुरक्षा निकायहरूलाई आवश्यक स्रोतसाधनको कमी नहुने गरी काम भइरहेको छ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)