समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

झापामा हात्तीको आक्रमण, वृद्धा घाइते

झापा, मेचीनगर –  आज मंगलवार विहान ५ बजे, मेचीनगर नगरपालिका वडा नं. ६ फायरिङ चोक बस्ने ७४ वर्षीया उसिला राई आफ्नै घर अगाडि फुल टिप्ने क्रममा एक जंगलि हात्तीको आक्रमणमा परेकी छन्।

Advertisement

घाइते राईलाई प्रारम्भिक उपचारको लागि सामान्य प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो, जहाँ उनको उपचारमा आफन्त संलग्न रहेका थिए।

Advertisement

उनको थप उपचारको लागि लाइफलाइन अस्पताल, दमकमा रिफर गरिएको छ। घटनापछि हात्ती जंगलतर्फ फर्केको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सांकेतिक तस्वीर

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article