हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

चितवन कारागारबाट फरार विवश रोक्का झापामा पक्राउ

झापा । गत भद्र २३ र २४ गतेको आन्दोलनका क्रममा चितवन कारागारबाट फरार भएका एक बन्दीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ।

Advertisement

इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले मिति २०८२ असोज ५ गते दिउँसो करिब १२:३० बजे फरार बन्दी विवश रोक्कालाई नियन्त्रणमा लिएको हो।

Advertisement

रोक्का झापा शिवसताक्षी नगरपालिका–८ का स्थायी बासिन्दा हुन्। उनीमाथि सालकको अखेटोपहार (जंगली जनावरको अवैध कारोबार) सम्बन्धी मुद्दा दर्ता भएको थियो।

प्रहरीका अनुसार रोक्कालाई उनकै घर वतनबाट पक्राउ गरी हाल जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।

चितवन कारागारबाट भद्र २३ र २४ गतेको आन्दोलनकै क्रममा अन्य केही बन्दीहरू समेत फरार भएका थिए। प्रहरीका अनुसार बाँकी फरारहरूका खोजी कार्य अझै जारी छ।

प्रहरीले पक्राउ परेका रोक्कामाथि थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)