झापा। अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको असर देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २,४१,९०० रुपैयाँ र चाँदीको मूल्य ३,०१५ रुपैयाँ कायम छ।

तिहार पछि सुनको मूल्य तोलामा ११,६०० र चाँदी २६५ रुपैयाँले घटेको छ। कात्तिक ३ गते सुन प्रतितोला २,५३,५०० र चाँदी ३,२८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४,११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको समाचार संस्थाहरूले जनाएका छन्।