समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

दमकमा विद्युत् सर्टबाट घरमा आगलागी, सबै सम्पत्ति नष्ट

दमक, झापा । झापाको दमक नगरपालिका–८ मा विद्युत् सर्टका कारण भएको आगलागीमा एक परिवारको घर र सम्पूर्ण सामान जलेर नष्ट भएको छ।

Advertisement

घटना शुक्रबार साँझ करिब १६:३० बजे भएको हो। अर्गानिक कृषी भवन नजिक बसोबास गर्दै आएका रविन खड्काको टिनको छानो र खाबाको खम्बा सेन्टर बेरा गरिएको दुई तले घरको पछाडिको कोठाबाट आगो लागेको प्रहरीले जनाएको छ।

Advertisement

विद्युत सर्टबाट सुरु भएको आगोले केही समयमै घरभरि फैलिँदा लत्ताकपडा, भाँडाकुँडा, अन्नपात, काठपात, फर्निचर र गरगहना पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

क्षतिको ठ्याक्कै विवरण अहिलेसम्म यकिन गरिएको छैन, तर आर्थिक क्षति ठूलो भएको अनुमान गरिएको छ।

आगो नियन्त्रणका लागि स्थानीय बासिन्दा, इलाका प्रहरी कार्यालय दमकको टोली, साथै मोरङको उर्लाबारी नगरपालिका र कमल गाउँपालिकाबाट पठाइएका दमकलहरू खटिएका थिए। संयुक्त प्रयासमा आगो सायं १७:५० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको दमक प्रहरीले जनाएको छ।

आगलागीमा कुनै मानवीय वा चौपाया क्षति भएको छैन। विद्युत सर्टकै कारण आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article