हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

बिर्तामोडमा जुवा खेल्दै गरेका ९ जना पक्राउ

 

Advertisement

हल्दीबारी डट कम | बिर्तामोड, झापा

Advertisement

जिल्ला झापाको बिर्तामोड नगरपालिका–४, पश्चिम बसस्ट्यान्ड नजिकको एक डेरामा जुवा खेलिरहेको अवस्थामा ९ जना व्यक्ति पक्राउ परेका छन्।

प्रहरीका अनुसार मिति २०८२ साल कार्तिक १४ गते राति करिब १२:४५ बजे गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले ऐ. बाह्रदशी गाउँपालिका–४ का २९ वर्षिय राजकुमार साहको डेरामा छापा मारेको थियो।

छापामारीका क्रममा प्रहरीले नगद रु. ७५ हजार ६ सय र सात बुङ नखोलेको तथा एक बुङ खोलिएको ताससहित ९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका सबैलाई जुवा सम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट पाँच दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूको विवरण:

१. रतन राजवंशी (३८), बिर्तामोड न.पा–२

२. किशोर पराजुली (२६), स्थायी ठेगाना नखुलेको

३. उत्तम शिवाकोटी (४३), स्थायी ठेगाना नखुलेको

४. राजन थापा (४३), स्थायी ठेगाना नखुलेको

५. डम्बर बस्नेत (४०), बिर्तामोड न.पा–३

६. दिवाकर प्रासाई (४०), स्थायी ठेगाना नखुलेको

७. राजेन्द्र चौधरी (३६), बिर्तामोड न.पा–५

८. राजु कुमार साह (२९), बाह्रदशी गा.पा–४

९. नारायण पराजुली (२८), मेचिनगर न.पा–२

मुलुकी अपराध संहिता २०७४ अनुसार उनीहरूविरुद्ध जुवा सम्बन्धी मुद्दामा कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।प

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)