साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : “एउटा विकल्प”शार्दूलविक्रीडित छन्द

कोरोनासित लड्नुपर्छ सबले ,,,आफ्ना घरैमा बसी
रोई लौ कतिसम्म बस्नु डरले,,,,,हाँस्दै बसौँ हे सखी
वैरीले छुन(छाम्नसम्म नसकोस्,,लौ है चनाखो बनौँ
कोरोनाकन मास्न नाम हरिको,,,जप्दै सुबाटो खनौँ।।

Advertisement

कस्तो कष्ट भई दियो भुवनमा ,,,,,,,,कैदी भयो जीवन
यै चाला यदि हो भने त कसरी,सम्हाल्न सक्छन् जन
बाँच्ने बाँच्न सिकाउने तर यहाँ,,,,,को हुन्छ साथै दिने
आफ्नैले पनि हुन्न रे छुन अहो,, त्यो रोग लाग्यो भने।

Advertisement

बाचौँ हिम्मत धैर्य धारण गरौँ ,,,,,,,आफ्नो सुरक्षा गरी
पापी दुष्ट बनेर नै हिँडिरह्यो ,,,,,,,,,, संसार सारा भरी
गोर्खाली सब वीर हुन् मुलुकका,,भिड्दै गरौँ शानले
नेपाली जनता रहौँ सजग भै,,,,,,,, भर्दै गरौँ ज्ञानले।।

धोई हात र गाथ सुग्घर भई,,,,,,, आवासभित्रै लुकौँ
निस्के बाहिर घात हुन्छ नमिठो ,आफ्नै कुटीमा छुपौँ
पढ्दै रोचक काव्य ज्ञान गुनका ,,,,,पुर्खाहरूका कथा
लेखौँहै कविता कथा गजलऔ,पोखौँ बिलौना व्यथा।

शब्द : सरू ज्ञवाली
2076/12/19  , भैरहवा

 

 

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article