समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

झापामा पत्रकारमाथि अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

झापा, ३० फागुन । पत्रकारमाथि अभद्र व्यवहार गर्ने आरोपमा कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार, पाठकले गत फागुन १४ गते रातोपाटी डटकम कोशीका प्रमुख अर्जुन आचार्यमाथि अभद्र व्यवहार गरेका थिए।
उक्त आरोपमा इलाका प्रहरी कार्यालय दमक र झिलझिलेको संयुक्त टोलीले पाठकलाई शिवसताक्षी नगरपालिका–४ बाट पक्राउ गरी नियन्त्रणमा लिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो।
पक्राउ परेका पाठकलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको छ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article