समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

इराकमा दुई नेपाली श्रमिकको मृत्यु

काठमाडौं, चैत १८ । इराकमा दुई जना नेपाली श्रमिकको मृत्यु भएको छ। इराकको कुर्दिस्तान क्षेत्रमा उनीहरूको ज्यान गएको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकका अनुसार एक पुरुषको अर्बिलस्थित जुमुरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अर्की एक महिला सुलेमानीस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन्।
मृतक पुरुष लमजुङ पाचोक दोर्दी–५ का लेखमान घले र महिला गोरखा धावा–३, तान्द्राङकी रिता भुजेल रहेको जनाइएको छ।
रिता भुजेल विगत १० वर्षदेखि इराकमा कार्यरत थिइन्। उनको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन। त्यस्तै, घले अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए।
घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाइएको

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article