समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

हल्दीबारीका शिव र राजिव लागूऔषधसहित पक्राउ

झापा। झापाको भद्रपुर नगरपालिका–५, मेचीपुल क्षेत्रमा आज १८ गते अपराह्न ४ बजे भद्रपुर प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाइकल (बा ८७ प ३७६) चेकजाँच गर्ने क्रममा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement

पक्राउ पर्नेमा मोटरसाइकल चालक, हल्दीबारी वडा–२ का २३ वर्षीय राजिव कुमार राजवंशी र मोटरसाइकलको पछाडि सवार, वडा नम्बर–१ का ४० वर्षीय शिव प्रसाद गौतम रहेका छन्।

Advertisement

जिल्ला प्रहरीका अनुसार राजिवको साथबाट ब्राउन सुगर जस्तो लागुऔषध प्लास्टिक बाहेक ३ ग्राम २६० मिलिग्राम बरामद भएको छ भने गौतमको साथबाट पनि प्लास्टिक बाहेक २ ग्राम ५४० मिलिग्राम लागुऔषध फेला परेको छ।

उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा लगिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article