हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

नेपालमा पेट्रोल र डिजेल महँगियो, ग्यासको मूल्य भने यथावत्

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेसँगै मुलुकभर इन्धनको भाउले नयाँ ऐतिहासिक उचाइ कायम गरेको छ। निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले बढोत्तरी गरिएको हो। यो वृद्धि आज बिहान १२ बजेदेखि नै देशभर कार्यान्वयनमा आइसकेको छ। नयाँ मूल्य निर्धारण भएसँगै अब काठमाडौँ उपत्यकामा पेट्रोल खरिदका लागि उपभोक्ताले प्रतिलिटर २०२ रुपैयाँ तिर्नुपर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ।

Advertisement

​विशेष गरी मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको निरन्तरको तेजीले निगमलाई ठुलो आर्थिक भार परेको बताइएको छ। निगमका अनुसार हालको मूल्य वृद्धिअघि पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा बेहोर्नुपर्ने अवस्था सिर्जना भएकाले मूल्य समायोजन अपरिहार्य बनेको हो। इन्धनको मूल्यमा यति ठुलो वृद्धि भए पनि खाना पकाउने एलपी ग्यासको मूल्यमा भने कुनै फेरबदल गरिएको छैन। प्रतिसिलिन्डर ४१६ रुपैयाँभन्दा बढी घाटा हुँदाहुँदै पनि आम नागरिकको भान्सामा प्रत्यक्ष असर पर्न नदिन ग्यासको मूल्य हाललाई पुरानै कायम राखिएको निगमले स्पष्ट पारेको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)