हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

हल्दिबारी ३ स्वर्गद्वारी मन्दिरमा आयोजित पुराणको आय व्याय सार्वजनिक

अभिषेक खतिवडा/ हल्दिबारी /  २१ चैत ।हल्दिबारी गाउँपालिका वडा नं-३ मा रहेको स्वर्गद्वारी मन्दिरमा आयोजित भबिष्य महापुराणको आय व्याय आज एक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको छ ।
पुराण आयोजक समितिका अध्यक्ष गोबिन्द वोहोराको अध्यक्षतामा बसेको बैठकले उक्त आय व्याय सार्वजनिक गरेको हो । आय व्याय सार्वजनिक कार्यक्रममा विभिन्न कृर्तन मण्डलीका प्रतिनिधि ,सञ्चारकर्मी ,स्थानीय तथा सरोकारवाला लगायतको उपस्थिति रहेको थियो।माघ २६ गते देखि फाल्गुन ४ गते सम्म आयोजना भएको उक्त पुराणमा संकलित रकमको आय व्याय सार्वजनिक कार्यक्रम आयोजना गर्दै पुराण आयोजक समितिले आज शनिबार हिसाब सार्वजनिक गरेको छ।

Advertisement

पुराणमा विभिन्न शिर्षकबाट गरी कुल ७ लाख १५ हजार ३ सय ७४ रुपैया आम्दानी भएको पुराण आयोजक समितिले जानकारी दिइएका छन । यता पुराणको व्याय तर्फ संचालन खर्च ३ लाख ५७ हजार ५ सय ६४ रुपैया रहेको छ भन्ने बचत ३लाख ५७ हजार ५ सय ६४ रुपैया मन्दिर समितिको मातहतमा रह्ने जानकारी प्रतिवेदनमा उल्लेख गरिएको थियो । पुराण आयोजक समितिले  ७ दिनको आम्दानी खर्च सार्वजनिक गर्दै मुल मन्दिर समिति लगायत उपस्थितमा हिसाब सार्वजनिक गरिएको हो ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व गोविन्द घिमिरे ,धन बहादुर सावा ,अर्जुन गिरी,सुमन ठकुरी , हरि रेग्मी र दुर्गा दाहाल लागयतले आय व्याय सवल हिसाबले सार्वजनिक भएको भन्दै मन्दिरको उन्नति प्रगतिको कामना गर्नुभएको थियो।

Advertisement

उक्त कार्यक्रमको औचित्य माथि प्रकाश अध्यक्ष गोविन्द बोहोराले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष लाल बहादुर कन्दङ्वा ले राख्नु भएको कार्यक्रमको सञ्चालन एवम सहजीकरण सिमितको सचिव अभिषेक खतिवडाले गर्नु भएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)