समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

बिर्तामोडमा सन्थाल गोल्डकप सुरु, हात्तीमारा सेमिफाइनलमा

बिर्तामोड । बिर्तामोड मा प्रथम सन्थाल गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा हात्तीमारा फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
डोमालाल राजवंशी रंगशाला मा सम्पन्न खेलमा हात्तीमाराले विहानी सन्थाल क्लबलाई १–० गोल अन्तरले पराजित गर्‍यो। खेलको आठौं मिनेटमै शंकर किस्कुले गरेको गोल नै निर्णायक बन्यो।

Advertisement

उत्कृष्ट प्रदर्शन गरेका किस्कु म्यान अफ द म्याच घोषित भए। उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे।
सन्थाल जाति उत्थान सेवा समाज बिर्तामोड–६ द्वारा आयोजित प्रतियोगिताको उद्घाटन रामप्रसाद महतो ले गरे। उनले प्रतियोगिताले सन्थाल समुदायमा खेलाडी उत्पादन र संरक्षणमा टेवा पुग्ने बताए।

Advertisement

चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ६० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

आइतबार मदरगाछ फुटबल क्लब र बान्चाभिट्टा सिर्जन क्लब (पश्चिम बंगाल)बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article