समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखाको अध्यक्षमा रेग्मी, भित्ते पात्रो सार्वजनिक र रक्तदान कार्यक्रम सम्पन्न

Advertisement

१२ किलो, गोरखा नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला शाखाको प्रथम अधिवेशन तथा विशेष रक्तदान कार्यक्रम गोरखाको १२ किलोमा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको विशेष आतिथ्यतामा आयोजित उक्त कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको हो।सोही अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजले वर्षेनि प्रकाशन गर्दै आइरहेको भित्ते पात्रो २०८३ को समेत सामूहिक लोकार्पण गरियो। कार्यक्रममा सहभागी भई रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई केन्द्रीय अध्यक्ष कर्माचार्यले प्रशंसा पत्र तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।

Advertisement

अधिवेशनले कृष्णप्रसाद रेग्मीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नवनिर्वाचित समितिको उपाध्यक्षमा सुदीप नगरकोटी, सचिवमा ज्ञानेन्द्र पोखरेल र कोषाध्यक्षमा बिमला थापा चयन हुनुभएको छ।


त्यसैगरी कार्यसमिति सदस्यहरूमा क्रमशः प्रकाश थापा, राजन भट्ट, मीनु बिष्ट, नवीन लामिछाने, दिलिप श्रेष्ठ र चिजकुमार श्रेष्ठ रहनुभएको छ भने समितिको सल्लाहकारमा रामबहादुर खड्का र सुरेन लामिछानेलाई चयन गरिएको छ। कार्यक्रमले गोरखामा स्वयंसेवी रक्तदानको अभियानलाई थप उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।


Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article