समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

इनारुवाको सानदार सुरुवात: विराटनगर १८५ रनले स्तब्ध

झापा। झापाको अर्जुनधारामा जारी इन्डो–नेपाल यू–१३ टी–२० च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘बी’ को उद्घाटन खेलमा इनारुवा क्रिकेट क्लबले ऐतिहासिक जित दर्ता गरेको छ। बुधबार भएको खेलमा लायन क्रिकेट एकेडेमी विराटनगरलाई १८५ रनको विशाल अन्तरले पराजित गर्दै इनारुवाले प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

Advertisement

​अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको इनारुवाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९५ रनको बलियो योगफल खडा गरेको थियो। इनारुवाका लागि आदित्य राजबारले विष्फोटक ब्याटिङ गर्दै मात्र १६ बलमा ४२ रन जोडेपछि टोलीले विशाल स्कोरको आधार तय गरेको थियो। उनीसँगै प्रिन्स मण्डलले ३० र अरमान अन्सारीले २९ रनको योगदान दिँदै टोलीलाई मजबुत स्थितिमा पुर्‍याए। बलिङतर्फ विराटनगरका रुहान पोखरेल, शाश्वत बस्नेत र करिथाथा बस्नेतले समान १–१ विकेट लिए पनि इनारुवाको रन गतिलाई रोक्न सकेनन्।

Advertisement

​१९६ रनको विशाल लक्ष्य पछ्याएको लायन क्रिकेट एकेडेमी विराटनगरको ब्याटिङ इनिङ्स सुरुदेखि नै धराशायी बन्यो। इनारुवाका बलरहरूको घातक बलिङसामु विराटनगरका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। राघव खनाल, प्रयुष भट्टराई र मयुर सोनीजस्ता मुख्य ब्याट्सम्यान शून्य रनमै पेभिलियन फर्किएपछि विराटनगर मात्र ८.३ ओभरमा १० रनमा खुम्चिन पुग्यो। इनारुवाका अरमान अन्सारीले २ ओभरमा घातक बलिङ गर्दै ३ विकेट लिए भने सुदीप के उरावन र सलमान रैनले समान २–२ विकेट हात पारे।

​समूह ‘ए’ बाट यसअघि नै बोस्टन र सरस्वती क्रिकेट एकेडेमीले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्। अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकेडेमीको सह–आयोजनामा सञ्चालित यस प्रतियोगितामा नेपाल र भारतका गरी कूल ८ टोली सहभागी छन्। प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article