समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

पल र गरिमाको अभिनयमा ‘मायाले जाल हान्यो’ सार्वजनिक

काठमाडौं । चर्चित अभिनेता पल शाह र मोडल गरिमा पौडेलको अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘मायाले जाल हान्यो’ सार्वजनिक भएको छ । प्रेमभावले भरिएको यस गीतमा गायक खेम सेन्चुरी र शान्ता रानी परियारको स्वर रहेको छ ।

Advertisement

​अष्ट्रेलिया निवासी विनोद कुँवरको निर्माणमा तयार भएको यस भिडियोमा नेत्र अर्यालको शब्द र सुबास कार्कीको संगीत संयोजन रहेको छ । भिडियोलाई चर्चित निर्देशक विक्रम चौहानले निर्देशन गरेका हुन् । पल र गरिमाको आकर्षक र रोमान्टिक केमेस्ट्री भिडियोको मुख्य आकर्षण बनेको छ । बुद्ध थापाले छायांकन गरेको यस भिडियोको पोस्ट–प्रोडक्सन वन डिबी स्टुडियोमा गरिएको हो ।

Advertisement

​भिडियो गरिमा पौडेलको आधिकारिक युट्युब च्यानलमार्फत बजारमा आएको हो । सार्वजनिक भएको छोटो समयमै सामाजिक सञ्जालमा यसले सकारात्मक प्रतिक्रिया पाउन थालेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article