समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफलाई

। ​झापाको भद्रपुरमा आयोजित ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको उपाधि सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबले हात पारेको छ।

Advertisement

अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफले ११ लाख रुपैयाँ नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ। खेलको ७२ औँ मिनेटमा कप्तान अनिता बस्नेतको पासमा रश्मिकुमारी घिसिङले हेडमार्फत गरेको सुन्दर गोल नै निर्णायक बन्यो।

Advertisement

प्रतियोगितामा एपीएफकी सरु लिम्बु प्लेयर अफ द म्याच घोषित भई ११ हजार रुपैयाँ प्राप्त गरिन् भने एपीएफकै रेनुका नगरकोटीले १ लाख १ हजार रुपैयाँ सहित सर्वोत्कृष्ट खेलाडीको उपाधि जितिन्। विधागततर्फ एपीएफकी अञ्जना राना मगर उत्कृष्ट गोलकिपर, गीता राना उत्कृष्ट डिफेन्डर र रश्मिकुमारी घिसिङ उच्च गोलकर्ता घोषित भए। त्यस्तै आर्मीकी दिपा शाही उत्कृष्ट मिडफिल्डर र आयोजक चन्द्रगढी युथ क्लबकी सबनम राई राइजिङ प्लेयर चुनिएका छन्, जसले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए।

विजेता तथा उपविजेताहरूलाई मुख्य प्रायोजक दीपककुमार पोखरेल र भद्रपुरका नगरप्रमुख गणेश पोखरेल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article