समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

त्रिभुवन विमानस्थलमा संकलित प्रतिबन्धित तथा बेवारिसे सामग्रीहरू नष्ट

काठमाडौं, वैशाख १६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सुरक्षा जाँचका क्रममा संकलन भएका तथा बेवारिसे अवस्थामा फेला परेका विभिन्न निषेधित सामग्रीहरू नष्ट गरेको छ। विमानस्थलको प्रस्थानतर्फ सुरक्षा जाँच गर्दा यात्रुहरूबाट बरामद गरिएका र लामो समयसम्म सम्बन्धित धनी लिन नआएका सामग्रीहरूलाई विमानस्थलकै डम्पिङ क्षेत्रमा लगी नष्ट गरिएको कार्यालयले जनाएको छ।

Advertisement

​विमानस्थल सुरक्षा कार्यालयका अनुसार मिति २०८२ चैत ३० गतेदेखि २०८३ वैशाख १५ गतेसम्म संकलन भएका सामग्रीहरू लिन कोही पनि सम्पर्कमा नआएपछि बुधबार ती वस्तुहरू नस्ट गरिएको हो। सामान्यतया यात्रुहरूले झुक्किएर छाडेका वा सुरक्षाका कारण लैजान नमिल्ने भनी राखिएका सामग्रीहरू कार्यालयले सुरक्षित राख्ने र धनी सम्पर्कमा आए बुझाउने गर्दछ। तर, यसपटक ठूलो परिमाणमा जम्मा भएका र हकदाबी नभएका वस्तुहरूलाई सुरक्षा संवेदनशीलताका कारण नष्ट गरिएको प्रहरीले उल्लेख गरेको छ।

Advertisement

​नष्ट गरिएका सामग्रीहरूमा २ हजार ८ सय वटा लाइटर, १ हजार २ सय ८५ जोर कैँची, ४८ थान स्विच नाइफ, ३३ थान खुकुरी र ६ सय ५० थान बडी स्प्रे रहेका छन्। त्यसैगरी खुकुरी रम, ओल्ड दरबार, ८८४८ भोड्का, वाइन र चिनियाँ मदिरासहित विभिन्न ब्राण्डका मदिरा तथा ३५ केजी सुर्ती र पराग समेत नष्ट गरिएको छ। यसका साथै यात्रुहरूले बोकेका ६० बट्टा अचार, १९ बट्टा घिउ, ४९ वटा नरिवल, विभिन्न ब्राण्डका स्याम्पु, बेल्ट र टेप जस्ता सामग्रीहरू पनि डम्पिङ क्षेत्रमा नष्ट गरिएको जानकारी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक राज कुमार सिलवालले दिनुभएको छ।

​विमानस्थल सुरक्षा कार्यालयले हवाई यात्राका क्रममा सुरक्षा नियमको पालना गर्न र प्रतिबन्धित सामग्रीहरू साथमा नलैजान यात्रुहरूलाई पुनः सचेत गराएको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article