समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

क्यान झापाद्वारा ग्राफिक डिजाइन तथा प्रिप्रेस सम्बन्धी तालिम सुरु

बिर्तामोड। कम्प्युटर एशोसिएसन नेपाल (क्यान) झापाले बुधबारदेखि बिर्तामोडमा ६० घण्टे ग्राफिक डिजाइन तथा प्रिप्रेस सम्बन्धी ‘स्किल अपग्रेड’ तालिम सुरु गरेको छ। हेल्भेटास इन्स्योर परियोजनासँगको वित्तीय साझेदारीमा सञ्चालित उक्त तालिमको उद्घाटन बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष राहुलकुमार शर्माले गरेका हुन्।

Advertisement

​उद्घाटनका क्रममा वडाध्यक्ष शर्माले वर्तमान समयमा सबैजसो कार्यहरू कम्प्युटरमा आधारित भएकाले डिजाइनसँग सम्बन्धित जनशक्तिका लागि यस प्रकारको प्राविधिक तालिम निकै फलदायी हुने विश्वास व्यक्त गरे। बिर्तामोडस्थित प्रथम आइटी सिस्टम प्रालिको प्रशिक्षण हलमा सुरु भएको तालिममा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ।

Advertisement

​क्यान झापाका अध्यक्ष शुभ कुमाई पाठकको अध्यक्षतामा भएको कार्यक्रममा तालिमको उद्देश्यबारे प्रष्ट पारिएको थियो। अध्यक्ष पाठकका अनुसार आफ्नै व्यावसायिक फर्ममा ग्राफिक डिजाइन गर्ने तथा मुद्रण उद्योगमा कार्यरत भई डिजाइनको जिम्मेवारी सम्हालिरहेका जनशक्तिलाई लक्षित गरी यो कार्यशालासहितको तालिम आयोजना गरिएको हो।

​तालिम उद्घाटन समारोहमा क्यान कोशी प्रदेशका सचिव कृष्णप्रसाद घिमिरे, क्यान झापाका संस्थापक अध्यक्ष दिपेश पाठक र सल्लाहकार चैतन्यप्रकाश मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा उपाध्यक्ष लोकप्रिय खनालले तालिमको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै सहभागीहरूलाई स्वागत गरेका थिए। यस तालिमले जिल्लाका डिजाइन सम्बन्धी जनशक्तिको सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article