समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

कमल गाउँपालिकामा डोजर नचल्ने :अध्यक्ष राई

अभिषेक खतिवडा । कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले हालै देखिएको अन्योल र त्रासबीच गाउँपालिकामा तत्काल डोजर नचल्ने स्पष्ट पारेका छन्। भूमि सम्बन्धी विषयमा संघीय सरकारले चालेका पछिल्ला कदमबारे जनस्तरमा अस्पष्टता हुँदा कमलबासीमा भय र चिन्ता बढेको भन्दै उनले यस्तो आश्वासन दिएका हुन्।

Advertisement


अध्यक्ष राईका अनुसार विगतमा गठन भएका भूमि सम्बन्धी आयोगहरूले अपेक्षाकृत काम गर्न नसक्दा ठूलो संख्यामा वास्तविक सुकुम्बासी नागरिकले अझैसम्म जग्गा धनीपुर्जा पाउन सकेका छैनन्। आयोगहरूमा पहुँचवालाहरूको प्रभावका कारण वास्तविक भूमिहीनहरू अधिकारबाट वञ्चित भएको उनले उल्लेख गरे।
यस्तै, कमल गाउँपालिकाले वास्तविक सुकुम्बासीको पहिचान र तथ्यांक संकलन प्रक्रिया अघि बढाएको जनाएको छ। यसका लागि गाउँपालिकाले ७ दिनभित्र सबै वडाबाट यथार्थ विवरण माग गर्दै वडा कार्यालयहरूमा पत्राचार गरिसकेको जानकारी दिइएको छ।

Advertisement


अध्यक्ष राईले सबै कमलबासीलाई सही र तथ्यपरक विवरण उपलब्ध गराएर सहयोग गर्न आग्रह गर्दै यकिन विवरण प्राप्त भएपछि सम्बन्धित निकायमार्फत वास्तविक सुकुम्बासीको पहिचान गरिने बताए। साथै, पहिचान प्रक्रिया पूरा नहुँदासम्म कुनै पनि स्थानमा डोजर नचल्ने र नागरिकहरूलाई ढुक्क रहन आग्रह गरेका छन्।
स्थानीय सरकार सुकुम्बासीलाई चाँडो लालपुर्जा उपलब्ध गराउने प्रक्रियामा संघीय सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article