समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

यातायात महासंघको नेतृत्वमा सिटौला: प्रविधि र सुधारको नयाँ बाचा

पोखरा। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पुष्पप्रसाद सिटौला ( सरोज) निर्वाचित हुनुभएको छ। पोखरामा सम्पन्न महाधिवेशनमा सिटौलाले ९०३ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी हरिशरण केसीलाई ४३९ मतान्तरले पराजित गर्नुभएको हो।

Advertisement

​यसअघि वरिष्ठ उपाध्यक्ष रहनुभएका सिटौलाको प्यानलबाटै महासचिवमा धनञ्जय गौतम र कोषाध्यक्षमा राजेश आचार्य पनि विजयी हुनुभएको छ। यस्तै वरिष्ठ उपाध्यक्षका तीन पदमा सानुकाजी प्रजापति, एनकुमार साई र केदारप्रसाद पौडेल चुनिनुभएको छ।

Advertisement

​नवनिर्वाचित अध्यक्ष सिटौलाले नेपालको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन अब अनिवार्य जीपीएस र ई-टिकटिङ प्रणाली लागू गर्ने घोषणा गर्नुभएको छ। व्यवसायीको लगानी सुरक्षा र बीमालाई व्यवस्थित बनाउँदै प्रविधिमैत्री सेवा प्रवाह गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको उहाँको भनाइ छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article