समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

न्युटन्ससहित झापाका विद्यालयको ऐतिहासिक सफलता: ५६ विद्यार्थीले ल्याए ४.० जीपीए

झापा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापा जिल्लाले देशकै ध्यान तान्ने गरी उत्कृष्ट नतिजा हासिल गरेको छ। जिल्लाका विभिन्न ५६ जना मेधावी विद्यार्थीहरूले शतप्रतिशत नतिजा अर्थात् ४.० जीपीए प्राप्त गर्दै शैक्षिक क्षेत्रमा नयाँ रेकर्ड कायम गरेका हुन्। यस सफलतामा बिर्तामोडस्थित न्युटन्स एजुकेशन फाउन्डेसन का अन्वेष अधिकारी र मौसम सिटौलाले उत्कृष्ट अङ्क ल्याएर विद्यालयको गरिमा बढाएका छन्।

Advertisement

​जिल्लाको समग्र नतिजालाई हेर्दा संस्थागत र सामुदायिक दुवै क्षेत्रका विद्यालयहरूको प्रदर्शन लोभलाग्दो देखिएको छ। सिद्धार्थ बोर्डिङ दमकका सुसन बगाले, धुलावारी माविका सुमन राजवंशी, शनिश्चरे माविका निश्चल खतिवडा र जनता मावि गौरादहका भूमिका दंगाल, जेनिश भट्टराई, अनिश भण्डारी एवं श्रुति नेपालले ४.० जीपीए ल्याएर सफलताको झण्डा गाडेका छन्। त्यस्तै, भानु सेकेन्डरी स्कुलका कंचन काफ्‌ले, एभरेष्ट बोर्डिङ दमकका आयुश शर्मा र अशिम विष्ट, माउन्ट एभरेष्ट गौरादहकी समृद्धि सेडाई, र एमरेल्ड एकाडेमी भद्रपुरका आदित्यराज खरेलले पनि यो ऐतिहासिक सफलता चुमेका छन्।

Advertisement

​दमकको ग्लोबल एजुकेशन एकाडेमीबाट ठूलो संख्यामा प्रतिक अर्याल, पूजन पौडेल, रोनिश दाहाल, रोशन विमली र स्वेच्छा अधिकारीले उत्कृष्ट नतिजा हात पारेका छन् भने मेचीनगरको इष्ट होराइजनका सुशांक शिवाकोटी र तारापुञ्जकी आयुष्मा तिम्सिनाले पनि ४.० जीपीए प्राप्त गरेका छन्। तोपगाछी क्षेत्रबाट वन्डरफुल बोर्डिङकी प्रगति अधिकारी र निहारिका इङिलस बोर्डिङकी जुनु दंगाल सफल भएका छन् भने पथरियाको विद्यापानी माविका अनिकेत सापकोटा, धरमपुरको भानु माविका मंजिल नेपाल र बिर्ताबजारको ग्लोरी बोर्डिङका मोहमद सुफिहानले जिल्लाकै नाम उच्च राखेका छन्।

​लखनपुरको मंगलमय माविका अक्लेशा कुमारी पण्डित र सोफिया गौतम, गौरादहको इमिनेन्ट कंचनजंघाकी विपिशा पाठक र विद्योदय शिशु सदनकी देशिका खतिवडाले पनि उत्कृष्ट सफलता पाएका छन्। बिर्तामोडको बाल्मीकि एजुकेशन फाउन्डेसनका विनिशा अग्रवाल, चिरायु न्यौपाने, नेहा बुढाथोकी, रिदम खड्का, रिजन खड्का र सबल खरेलले एकैसाथ ४.० जीपीए ल्याएर विद्यालयलाई चर्चामा ल्याएका छन्। यस्तै, इडन गार्डेनका एरोज शिवाकोटी, बुद्ध स्मृतिका सन्देश पकुवाल र मोहनमाया माविका कोमल दास एवं कृष्ण न्यौपानेले पनि यो उपलब्धि हासिल गरेका छन्।

​सफलताको यो सूचीमा झापा मोडल दमकका विनम्र भट्टराई र प्राप्ति पोखरेल, सेन्ट जेभियर्स देउनियाकी श्रेया प्रधान, एकता एकाडेमी दमकका गिनिज खनाल र नेहारिका अधिकारी, तथा रुपरत्न मेमोरियल अर्जुनधाराकी रुमिशा बुढाथोकी पनि समावेश छन्। यसैगरी, प्यारागन एकाडेमी कन्काईका शुभम तिम्सिना, सनराइज मोडल दमकका बिजेश पाण्डे, क्यानरी एकाडेमी हल्दिवारीकी पुष्पा दंगाल, र दुर्गा आवासीय धाइजनकी प्रमिशा जवेगुले पनि ४.० जीपीए ल्याएका छन्।

​नतिजाको अन्तिम सूचीमा लखनपुरको स्मारिका सामुदायिकका सुमितराज विष्ट, जय पाथीभरा झापा गाउँपालिकाका आयुश उप्रेती, इरा एभरग्रिन बुद्धशान्तिका एन्जल खड्का, सेन्ट जेभियर्स सडकवारीका आदर्श चम्लागाई र हिमालय मावि दमकका रोमन बोहोरा एवं सौगातराज काफ्‌लेले झापाको शैक्षिक विरासतलाई थप मजबुत बनाएका छन्। जिल्लाभर एकैपटक ५६ जनाले पूर्ण जीपीए ल्याउनुले झापालाई देशकै अग्रणी शैक्षिक गन्तव्यको रूपमा स्थापित गरिदिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article