समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

SEE २०८२ मा हल्दीबारी गाउँपालिकाको उत्साहजनक नतिजा, संस्थागत विद्यालय चम्किँदा सामुदायिक विद्यालय सुधारको प्रतीक्षामा

झापाको हल्दीबारी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक गरेको छ। यस वर्ष गाउँपालिका भित्रका सामुदायिक र संस्थागत गरी कुल ५१५ जना परीक्षार्थीहरू परीक्षामा सम्मिलित भएका थिए। जसमध्ये ३३९ जना विद्यार्थीहरूले सफलता प्राप्त गरेका छन्। गाउँपालिकाको समग्र उत्तीर्ण प्रतिशत ६३.८८ रहेको छ।

Advertisement

नतिजा अनुसार संस्थागत विद्यालयहरूको प्रदर्शन निकै उत्साहजनक देखिएको छ। क्यानरी एकेडेमी, श्री गोलधाप सनसाइन बोर्डिङ स्कुल र सिग्मा अंग्रेजी विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन्। क्यानरीबाट ३९ जना, गोलधाप सनसाइनबाट २१ जना र सिग्माबाट २८ जना परीक्षार्थीहरू सबै उत्तीर्ण भएका छन्। यस्तै चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालयका ५४ परीक्षार्थीमध्ये ५२ जना, चिल्ड्रेन गार्डेन एकेडेमीका २५ मध्ये २३ जना र संस्कारा शिक्षा सदनका १५ मध्ये १४ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

Advertisement

सामुदायिक विद्यालयतर्फ जनजागृति माध्यमिक विद्यालयले सबैभन्दा धेरै सङ्ख्यामा विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ। उक्त विद्यालयका ९५ परीक्षार्थीमध्ये ५२ जना सफल भएका छन्। त्यसैगरी हल्दीबारी माध्यमिक विद्यालयका १२३ परीक्षार्थीमध्ये ४६ जना, लक्ष्मी माध्यमिक विद्यालयका ४३ मध्ये १७ जना, महेन्द्र माध्यमिक विद्यालयका ३२ मध्ये १७ जना, पञ्चायत माध्यमिक विद्यालयका २१ मध्ये ११ जना र सरस्वती माध्यमिक विद्यालयका १९ मध्ये ९ जना विद्यार्थीले परीक्षा उत्तीर्ण गरेका छन्।

यस वर्षको परीक्षामा पुष्पा दंगालले ४ जीपीए ल्याएर समग्र गाउँपालिकामा उत्कृष्ट स्थान हासिल गरेकी छिन्। अन्य मेधावी विद्यार्थीहरूमा सफलता पौडेलले ३.९५ जीपीए, अङ्किता पौडेलले ३.८८ जीपीए, गरिमा चिमरिया, सिर्जना ओली र अर्जुन पाठकले समान ३.८७ जीपीए प्राप्त गरेका छन्। त्यस्तै उमेश कर्मकारले ३.८२ जीपीए, ऋषभ ढुङ्गेलले ३.७९ जीपीए र सुमन मुर्मुले ३.७१ जीपीए ल्याएका छन्। अन्य सफल विद्यार्थीहरूमा थिकहाङ लिम्बुले ३.५१ जीपीए, समीक्षा राईले ३.२१ जीपीए, शिशिर लिङ्गदेनले २.९९ जीपीए तथा रेजिना अधिकारी र सन्ध्या नेपालले २.८६ जीपीए प्राप्त गरि हल्दीबारी गाउँपालिकाको शैक्षिक गौरव बढाएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article