समाचार
हल्दिबारी संवाददाता २ महिना अगाडि

रोङ गाउँपालिकामा संयुक्त राष्ट्रसंघीय टोलीको भ्रमण, स्थानीय योजनाप्रति चासो

इलामको रोङ गाउँपालिकामा संयुक्त राष्ट्र संघको तर्फबाट नेपाल हेर्ने प्रमुखसहितको टोलीले भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय किसानहरूसँग प्रत्यक्ष छलफल गर्नुका साथै चिया, गुन्द्रुक प्रोसेसिङ प्लान्ट, अलैँची बगैँचा, इको चिया सहकारी लगायतका क्षेत्रको अवलोकन गरिएको थियो।

Advertisement

भ्रमणका क्रममा स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार लगायतका क्षेत्रमा रोङ गाउँपालिकाले अघि सारेका रणनीतिक योजनाप्रति संयुक्त राष्ट्रसंघीय टोलीले विशेष चासो व्यक्त गरेको जनाइएको छ। साथै FAO मार्फत सञ्चालन भएका तथा आगामी दिनमा प्रस्तावित नयाँ परियोजनाका विषयमा समेत व्यापक छलफल भएको थियो। कार्यक्रममा टी–टेस्टिङ, फोटो सेशन तथा स्थानीय उत्पादन र सम्भावनाबारे अन्तरक्रिया समेत गरिएको रोङ गाउँपालिकाका अध्यक्ष मणि कुमार स्याङ्बोले जानकारी दिनुभयो।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article