समाचार
हल्दिबारी संवाददाता १ महिना अगाडि

हल्दीबारीको चिल्ड्रेन गार्डेनका विद्यार्थीद्वारा कक्षा १२ मा उच्च जीपीए सहित उत्कृष्ट प्रदर्शन

झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयले कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ। स्थानीय स्तरमा शिक्षाको ‘नमुना विद्यालय’ का रूपमा परिचित यस विद्यालयका बहुसंख्यक विद्यार्थीहरू उच्च जीपीए (GPA) सहित उत्तीर्ण हुन सफल भएका छन्।
​विद्यालयका प्रिन्सिपल दुर्गामणि गौतमका अनुसार यस वर्षको परीक्षामा नियमिततर्फ कुल २४ जना विद्यार्थीहरू सहभागी भएका थिए। तीमध्ये उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीहरूको संख्या निकै उत्साहजनक रहेको जानकारी प्रिन्सिपल गौतमले दिए।
​नतिजा अनुसार कुल परीक्षार्थीमध्ये ७ जना विद्यार्थीले ३.२ भन्दा माथि (Excellent) जीपीए प्राप्त गरेका छन्। त्यस्तै, १३ जना विद्यार्थीले २.८ देखि ३.२ जीपीए र ३ जना विद्यार्थीले २.४ देखि २.८ जीपीए जस्तो उच्च ग्रेड हासिल गरेको विद्यालयले जनाएको छ।
​विद्यार्थीहरूले गौरवमय नतिजा ल्याएर विद्यालयको साख उच्च राखेको भन्दै चिल्ड्रेन गार्डेन विद्यालय परिवारले खुसी व्यक्त गरेको छ। विद्यालयले एक विज्ञप्ति जारी गर्दै सफलता प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्नुका साथै उनीहरूको आगामी शैक्षिक यात्रा र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ। ग्रामीण क्षेत्रमा रहेर पनि विद्यालयले जगैदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको भन्दै स्थानीय अभिभावक र शिक्षाप्रेमीहरूले विद्यालयको प्रशंसा गरेका छन्।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article