समाचार
हल्दिबारी संवाददाता १ महिना अगाडि

झापामा सर्पको टोकाइबाट वृद्धाको मृत्यु

झापा , असार ८। झापाको गौरीगंजमा सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंज गाउँपालिका–४ बाईसेटोलकी ८८ वर्षीया पञ्चमाया शेर्मा रहेकी छन् ।

Advertisement

​इलाका प्रहरी कार्यालय खजुरगाछीका अनुसार शनिबार बेलुकी साढे ६ बजे आफ्नै घरको कुखुराको खोरको ढोका लगाउने क्रममा इँट्टाको चाङबाट निस्किएको विषालु सर्पले शेर्माको दाहिने हातको औंलामा टोकेको थियो ।

Advertisement

​गम्भीर घाइते शेर्माको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा शनिबार राति पौने ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । शव अस्पतालमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article