हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

आदिवासी रङ्गशालाको घेराबारा सम्पन्न, आगामी वर्षका लागि ५० लाख बजेट सुरक्षित

​अभिषेक खतिवडा/कमल (झापा) । झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानको भौतिक पूर्वाधार विस्तार कार्य सुरु भएको छ। कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईको पहलमा रङ्गशालाको दक्षिण र पश्चिमतर्फ गेट तथा घेराबारा निर्माण कार्य सम्पन्न भएको हो।

Advertisement


​कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को संशोधित बजेटमार्फत विनियोजन गरेको ८ लाख रुपैयाँबाट उक्त संरचना निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। घेराबारा निर्माण भएसँगै रङ्गशाला परिसरमा लामो समयदेखि देखिएको गौचरनको समस्या नियन्त्रणमा आएको छ भने रङ्गशालाको क्षेत्र समेत सुरक्षित भएको छ।

Advertisement

​रङ्गशालाको थप विकास र स्तरोन्नतिका लागि आगामी आर्थिक वर्ष २०८३/८४ मा समेत बजेट सुनिश्चित भएको छ। अध्यक्ष राईका अनुसार प्रदेश सरकारले आगामी वर्षका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बजेटबाट रङ्गशालाको थप भौतिक पूर्वाधार सुदृढ बनाइने गाउँपालिकाले जनाएको छ।


​स्थानीयवासीले गाउँपालिका अध्यक्षको पहल र प्रदेश सरकारको बजेट विनियोजनले ऐतिहासिक महत्त्व बोकेको आदिवासी रङ्गशालाको संरक्षण, विकास तथा व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)