समाचार
हल्दिबारी संवाददाता १ महिना अगाडि

जिप दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख राना मगरको मृत्यु

​प्यूठान, असार १३– प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सडक दुर्घटनामा परी निधन भएको छ ।

Advertisement

​शनिबार स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडक खण्डमा नगरपालिकाको गुडिरहेको जिप दुर्घटना हुँदा उपप्रमुख राना मगरको घटनास्थलमै मृत्यु भएको हो ।

Advertisement

​जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको सरकारी बोलेरो पिकअप जिप अनियन्त्रित भई सडकबाट झन्डै ५ सय मिटर तल खसेको थियो । अनुगमनका लागि निस्किएका उपप्रमुख राना मगर आफैंले जिप चलाइरहेका बेला उक्त दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article