समाचार
हल्दिबारी संवाददाता १ महिना अगाडि

जंगलमा अचेत भेटिएका इलामका गहतराजको मृत्यु, विष सेवनको आशंका

झापा । झापाको शिवसताक्षी नगरपालिका–दुधे बजारको उत्तरतर्फको जंगल क्षेत्रमा अचेत अवस्थामा भेटिएका इलाम दानाबारीका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

Advertisement

​अन्दाजी २९ वर्षीय विकल गहतराजको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

​स्थानीय जंगलबाट एकोहोरो कराएको आवाज सुनेपछि घटनास्थल पुगेका स्थानीयवासी र प्रहरीको टोलीले गहतराजलाई डाँडाभन्दा तल खोचमा छटपटाइरहेको अवस्थामा फेला पारेका थिए। स्थानीय राजु दंगालका अनुसार गहतराज निकै छटपटाइरहेको देखेपछि तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो।

​प्रारम्भिक अनुसन्धानका आधारमा उनले विष सेवन गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ। घटनास्थलको माथिल्लो भागमा एउटा मोटरसाइकल, हेल्मेट र तौलिया समेत फेला परेको छ।

​घटनाको वास्तविक कारण भने खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article