समाचार
हल्दिबारी संवाददाता ४ हप्ता अगाडि

लोपोन्मुख ‘भुँडीफोर’ संकटका बीच झापामा सुखद उपस्थिति

झापा, राजगढ । ​बढ्दो सहरीकरण, बासस्थान विनाश र विषादीको अत्यधिक प्रयोगका कारण विश्वभरि नै दुर्लभ बन्दै गएको ‘सानो भुँडीफोर’ (सारस प्रजाति) चरा झापाको राजगढ बजार आसपासको क्षेत्रमा एकैसाथ देखिएका छन्। पछिल्लो समय रैथाने रैथाने रैथाने बासस्थान गुमाउँदै गएर लोप हुने संघारमा पुगेका यी चराहरू राजगढ क्षेत्रका हिलाम्मे खेतबारीमा समूहमा चरिरहेको अवस्थामा भेटिएका हुन्।

Advertisement

​तस्बिर मा देखिएअनुसार, राजगढ बजार छेउका खुला र आद्र भूमि (सिमसार युक्त खेत) मा ५ देखि ६ वटाको संख्यामा भुँडीफोरहरू आहारा खोजिरहेका छन्। लामो खुट्टा, विशिष्ट किसिमको ठूलो र तिखो चुच्चो तथा खरानी-कालो र सेतो रङको सम्मिश्रण भएको शरीर भएका यी विशाल चराहरू निकै प्रष्ट रूपमा देखिएका छन्।

Advertisement

लोप हुने सूचीमा रहेका चराको सुखद पुनरागमन

​जैविक विविधता र पर्यावरणका दृष्टिकोणले भुँडीफोरलाई प्रकृतिमा ‘सफासिघर’ (Scavenger) र कृषकको मित्रका रूपमा लिइन्छ। यसले खेतबारीका हानिकारक कीरा, मुसा र भ्यागुता खाएर पर्यावरणीय सन्तुलन कायम राख्न मद्दत गर्छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) ले यस चरालाई संकटापन्न (Vulnerable) सूचीमा राखेको छ।

​नेपालको तराई क्षेत्र, विशेष गरी झापाका विभिन्न भू-भागहरू यस्ता जलपक्षीका लागि उत्तम बासस्थान मानिँदै आएका थिए। तर, केही वर्षयता सिमसार क्षेत्र पुरिने र आहाराको अभावका कारण यिनीहरूको संख्या निकै न्यून भइसकेको थियो। यस्तो विषम परिस्थितिमा राजगढ बजार जस्तो मानिसहरूको चहलपहल हुने क्षेत्र नजिकै एकै ठाउँमा आधा दर्जन भुँडीफोर देखिनुलाई चराविद्हरूले निकै सुखद र पर्यावरण संरक्षणका लागि आशालाग्दो संकेत मानेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article