समाचार
हल्दिबारी संवाददाता ४ हप्ता अगाडि

दैलेखमा यात्रुवाहक हाइस कर्णाली नदीमा खस्यो; खोजी र उद्धार कार्य जारी

सुर्खेत ,आषाढ १८ । सुर्खेतबाट कालीकोटका लागि छुटेको एक यात्रुवाहक हाइस माइक्रोबस दैलेखमा दुर्घटना भई कर्णाली नदीमा खसेको छ। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडा भन्ने स्थानबाट कर्णाली ०३–००१ ख १०५५ नम्बरको उक्त हाइस सडकबाट करिब ५०० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ।

Advertisement

​घटनाको जानकारी पाउनासाथ प्रहरी र सुरक्षाकर्मीको टोली तत्काल घटनास्थलमा पुगेर उद्धार तथा खोजी कार्य सुरु गरिसकेको छ। नदीमा खसेको हाइस र त्यसमा सवार यात्रुहरूको खोजी कार्य तीव्रताका साथ भइरहेको छ।

Advertisement

​गाडी के कति कारणले सडकबाट तल खस्यो र दुर्घटनाको समयमा गाडीमा कति जना यात्रुहरू सवार थिए भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन। घटनास्थलमा खटिएका सुरक्षाकर्मीहरूले बेपत्ता गाडी र यात्रुहरूको खोजी गरिरहेका छन् भने घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ। एआइबाट निर्मित सांकेतिक तस्वीर

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article