समाचार
हल्दिबारी संवाददाता १ हप्ता अगाडि

दमक नगरपालिका अगाडिको जोखिमपूर्ण खाल्डो मर्मत

दमक । दमक नगरपालिका कार्यालय अगाडि वर्षौंदेखि रहेको जोखिमपूर्ण खाल्डाखुल्डीका कारण सर्वसाधारण, पैदलयात्री तथा सवारी चालकले सास्ती भोग्दै आएका थिए। सोही समस्यालाई मध्यनजर गर्दै ‘सुन्दर समाज नेपाल’ को आयोजना तथा संस्थाकी अध्यक्ष एवं सामाजिक व्यक्तित्व बिन्दु सिटौला (लक्की) को अगुवाइमा उक्त स्थानमा सिमेन्ट ढलान गरी मर्मत कार्य सम्पन्न गरिएको छ।

Advertisement

​उक्त अभियानमा स्थानीयवासी तथा ट्राफिक प्रहरीको सक्रिय समन्वय र सहयोग रहेको थियो। अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्णप्रति संस्थाले हार्दिक आभार व्यक्त गरेको छ।

Advertisement

​संस्थाकी अध्यक्ष बिन्दु सिटौला (लक्की) ले समाजमा देखिएका यस्ता सार्वजनिक समस्याको समाधानका लागि आगामी दिनमा पनि निरन्तर सामाजिक सेवामूलक अभियान सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article