समाचार
हल्दिबारी संवाददाता १ हप्ता अगाडि

कचनकवलको बनियानीबाट ४६ हजार नगदसहित चार जुवाडे पक्राउ, दुई जना फरार

झापा । झापाको कचनकवल गाउँपालिका-६ स्थित बनियानी बजारबाट प्रहरीले कौडा/तास खेलिरहेको अवस्थामा चार जना जुवाडेलाई पक्राउ गरेको छ।

Advertisement

​लक्ष्मी माध्यमिक विद्यालय अगाडिको एक किराना पसलमा सोमबार राति ११ बजेतिर जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको इलाका प्रहरी कार्यालय बनियानीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

Advertisement

​प्रहरीले जुवाको खालबाट नगद ४६ हजार ९ सय ७० रुपैयाँ बरामद गरेको जनाएको छ। प्रहरी टोली पुगेलगत्तै जुवा खेलमा संलग्न अन्य दुई जना भने भागि फरार भएका थिए।

​जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेकाहरूमाथि कानुनबमोजिम थप अनुसन्धान अघि बढाइएको छ भने फरार रहेका दुवै जनाको तीव्र खोजी भइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article