समाचार
हल्दिबारी संवाददाता ६ दिन अगाडि

नेपालमा एक रुपैयाँको सिक्कामा पुनः नक्सा राख्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, ६ साउन । नेपाल सरकारले एक रुपैयाँको सिक्काको नयाँ प्रस्तावित डिजाइन फिर्ता लिँदै त्यसमा देशको नक्सा समावेश गर्ने निर्णय गरेको छ। यसअघि प्रस्तावित नयाँ डिजाइनमा नेपालको नक्सा हटाएर मुस्ताङस्थित ऐतिहासिक घार गुम्बाको चित्र मात्र राख्ने तयारी गरिएको थियो।

Advertisement

​सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संशोधित सिक्कामा घार गुम्बाका साथै नेपालको नक्सा पनि अनिवार्य रूपमा समावेश गर्न निर्देशनसहितको निर्णय गरेको हो।

Advertisement

​सिक्काबाट नक्सा हटाउने विषयलाई लिएर बहस सिर्जना भएपछि सरकारले यसमा कुनै राजनीतिक उद्देश्य नरहेको स्पष्ट पारेको छ। सिक्काको डिजाइन परिवर्तन गर्ने यो प्रक्रिया वर्तमान सरकार गठन हुनुभन्दा धेरै अघि नै सुरु भइसकेको र यो केवल नियमित प्रशासनिक प्रक्रिया भएको मन्त्रिपरिषद्ले जनाएको छ।

​राष्ट्रिय प्रतीकका रूपमा रहेको नक्सा हटाउन नहुने चौतर्फी चासोपछि सरकारले निर्णय सच्याउँदै अब बन्ने नयाँ सिक्कामा गुम्बा र नक्सा दुवै रहने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article