प्रवास
हल्दिबारी संवाददाता ४ घण्टा अगाडि

भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा

एजेन्सी /नयाँ दिल्ली । परीक्षाको प्रश्नपत्र बाहिरिएको (पेपर लिक) विषयलाई लिएर चौतर्फी विरोध भइरहेका बेला भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन्।

Advertisement

​प्रश्नपत्र बाहिरिएपछि रुष्ट बनेका विद्यार्थीहरू विगत केही समयदेखि निरन्तर आन्दोलनमा उत्रिएका थिए। विद्यार्थीहरूसँगै विपक्षी राजनीतिक दलहरूले पनि शिक्षामन्त्रीको राजीनामा माग्दै सडक प्रदर्शन तीव्र पारेका थिए। सडक र सदन दुवैतिर दबाब बढेपछि शिक्षामन्त्री प्रधानले पदत्याग गर्ने निर्णय गरेका हुन्।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article