समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा एक महिला आफ्नै कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छिन्।

Advertisement

​प्रहरीका अनुसार मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–९, शुभकामना चोककी ४५ वर्षीया रश्मी रिजाल रहेकी छिन्। उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा ‘मर्चेन्ट हेड’का रूपमा कार्यरत थिइन्।

Advertisement

​साउन ८ गते बिहानदेखि सम्पर्कविहीन भएकी रिजालको शव शनिबार दिउँसो करिब १:०० बजे तारकेश्वर–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरिराखिएको BAE 0410 नम्बरको विद्युतीय कारभित्र फेला परेको हो।

​जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार कारको पछाडिको सिटमा शव डढेको अवस्थामा भेटिएको थियो।

​घटनास्थल पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बालाजुको टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। मृत्युको कारण र घटनाको प्रकृतिबारे थप विवरण खोतल्न शवलाई पोस्टमार्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

​प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिँदै छानबिन भइरहेको बताएको छ।

सांकेतिक फोटो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article