समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

काँकरभिट्टाको अरुणोदय मावि भवनभित्र शिक्षिकाको शव फेला, श्रीमान् फरार

झापा । मेचीनगर–१० काँकरभिट्टास्थित अरुणोदय माध्यमिक विद्यालयको भवनभित्र एक शिक्षिकाको शव भेटिएको छ । सड्न लागेको अवस्थामा शिक्षिकाको शव फेला परेको र उनका श्रीमान् फरार रहेको प्रहरीले जनाएको छ ।

Advertisement

​इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार स्थायी घर सर्लाहीको लालबन्दी नगरपालिका–२ नेत्रगन्ज भएकी ती शिक्षिका अरुणोदय माध्यमिक विद्यालयकै भवनको एक कोठामा मृत भेटिएकी हुन् । उनका श्रीमान् रतन गुप्ता भने घटनालगत्तैदेखि सम्पर्कविहीन (फरार) रहेका छन् ।

Advertisement

​स्थानीयले दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।

​प्रहरीका अनुसार शवको प्रकृति हेर्दा केही दिनअघि नै मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको वास्तविक कारण (हत्या वा अन्य) पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ । हाल फरार रहेका श्रीमान् रतन गुप्ताको तीव्र खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article