गुरूर्ब्रह्मा: गुरूर्बिष्णु: गुरूर्देवाे महेश्वर ।
गुरु शाक्षात परब्रह्म तस्मै श्री गुरूभ्याे नम: ।
जन्मगुरू प्रात:स्मरणीय मातापिता : मन्त्रगुरू कूल पुरेाहित : कर्मगुरू सवै शाश्वत ओेैपचारिक शिक्षा दिने शक्तिमा गुरूपूर्णिमाको अवसरमा हार्दिक नमन र श्रद्धाभक्ति,सहित सुभकामना!!
आज गुरुपूर्णिमा। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धरकारको नाश गराउने व्यक्ति नै गुरु हुन्। सनातन धर्मग्रन्थ महाभारतका लेखक वेदव्यासको जन्म दिनलाई हामीले गुरु पूर्णिमाका रुपमा मनाउँदै आएका छौं। त्यसैले यसलाई व्यास पूर्णिमा पनि भनिन्छ। परापूर्वकालमा गुरुकुलमा बसेर शिक्षादिक्षा लिने चलन थियो। गुरुले दिएका आध्यात्मिक, धार्मिक र व्यावहारिक ज्ञानको सम्मानस्वरुप गुरुको पूजा गर्ने प्रचलन रहि आएको हो।

सनातन धर्म ( हिन्दु) मान्यताअनुसार गुरु भगवान हुन् जसले अज्ञानताको अध्यारोलाई हटाएर ज्ञानमार्गमा हिँडाउँछन्। गुरुले हाम्रा लागि गरेको मेहनत र योगदानको कदरस्वरुप हामी गुरु पूर्णिमाका दिन उहाँ हरूलाई सम्मानस्वरुप पुष्पगुच्छा, मिठाई र उपहार दिई सम्मान गर्दछौ ।

उहाँ हरुले अनौपचारिक ,औपचारिक रुपमा दिइएको शिक्षा तथा सकारात्मक सोचको सन्देश हरपल हाम्रा मार्गचित्र बन्दछन ।
हामीले सधैं गुरुको योगदान सम्झनुपर्छ। हामी हरेक दिन गूरुबाट केही न केही सिकिरहेका हुन्छौ। गुरु विनाको शिक्षा अधुरो हुन्छ। गुरु सधैं शिष्यका लागि आर्दश पुरुष हुन्छन्। गुरुको ज्ञानले शिष्यले जिवनको लक्ष्य, उद्देश्य र जिम्मेवारी समेत अनुभूति बोध गर्द्छ ।
तनहुँ जिल्लाको सदरमुकाम दमौली बजारमा वेद व्यासको प्रतिमा रहेको छ ।हामी धेरैले त्यहा पुगेर दर्शन पनि गरेका छौ ।हामी ले मनन गर्नु पर्ने आजको दिनमा गुरु सम्झनु पर्दछ ।किन कि
गुरु निस्वार्थ हुन्छन्। अनेक वाधा तथा अड्चन सहेर शिष्यलाइ एक पछि अर्को खुट्किला चढाउन सधैं मरिमेट्छन्। आफ्ना शिष्यको प्रगतिका लागि अनेक उपाय सोचेर पाठ तयार पार्छन्। गुरु एक, रुप अनेक भनेझैं शिष्यका लागि गुरु सारथी, अभिभावक, मार्गनिर्देशक, उत्प्रेरक र भविश्य निर्माता हुन्। शिष्यका हरेक गल्तीलाई गुरुले माफ गरिदिन्छन्। गुरु हरेक गाह्रो कामलाई सजिलो बनाई शिष्य माझ सधैं हँसिलो मुहार लिएर सहनशीलताको पाठ पढाउँछन्। गुरु अरुबाट आएका गाली, दोष अनि शिष्यकाआलोचनालाईआफूभित्र राखी शिष्यलाई सुख दिन्छन्।
गुरु आफू गलेर पनि मट्टीझैं मूर्ति निमार्ण गर्दछन।
त्यसैले हाम्रा गुरुहरुको सम्झना एक दिन मात्र हैन तीन सय पैसठ्ठी दिनै सम्मान गर्नु पर्दछ। सबै गुरुवरलाई गुरुपूर्णिमाको शुभकामना!

इन्द्र प्रसाद ओली
अध्यक्ष
राष्ट्रीय हिन्दु एकता मञ्च नेपाल
केन्द्रीय कार्यलय भद्रपुर ७ चन्द्रगढी