समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

सिक्किमका आर्यन आलेले जिते ‘मिस्टर टिन इन्डिया २०२६’ को उपाधि

झापा (एजेन्सी) — सिक्किमका १६ वर्षीय आर्यन आलेले भारतको नयाँ दिल्लीमा आयोजित राष्ट्रिय सौन्दर्य प्रतियोगितामा प्रतिष्ठित ‘मिस्टर टिन इन्डिया २०२६’ को उपाधि जितेर राज्यको नाम उच्च पारेका छन्। सोरेङ जिल्लाको रेसी निवासी आर्यनले यो सफलता प्राप्त गरेसँगै युवा प्रतिभाका रूपमा आफ्नो पहिचान बनाएका छन्।

Advertisement

​दक्षिण सिक्किमको रङ्गीत नगरस्थित डीएभी पब्लिक स्कुलमा कक्षा ११ मा अध्ययनरत आर्यनको यो सफलताले राष्ट्रिय स्तरमा सिक्किमको प्रतिनिधित्वलाई थप मजबुत बनाएको छ।

Advertisement

​राष्ट्रिय ताज पहिरिनुअघि आर्यनले असमको गुवाहाटीमा आयोजित प्रतियोगितामा ‘मिस्टर टिन नर्थइस्ट इन्डिया २०२५’ को उपाधि समेत हात पारिसकेका थिए। लगातारको यो सफलताले उनलाई राष्ट्रिय मञ्चमा सिक्किमका आशालाग्दा युवा प्रतिभाका रूपमा स्थापित गरेको छ।

​उपाधि जितेपछि खुसी व्यक्त गर्दै आर्यनले भने, “मिस्टर टिन इन्डिया २०२६ को उपाधि जित्नु मेरो लागि निकै गर्वको क्षण हो। मैले यहाँ आफ्नो मात्र नभई सिक्किमका सम्पूर्ण युवाहरूको प्रतिनिधित्व गरेको थिएँ। आफ्नो राज्यका लागि यो उपाधि घर भित्र्याउन पाउनु मेरो लागि कहिल्यै नबिर्सिने उपलब्धि हो।”

​आर्यनको यस ऐतिहासिक सफलतापछि उनका परिवार, विद्यालय परिवार तथा सिक्किमभरि खुसीयाली छाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article