समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

सञ्चारकर्मी पोखरेल नगद पुरस्कारसहित सम्मानित

सुरुङ्गा । कनकाई सामुदायिक वन उपभोक्ता समूहको २८औँ साधारणसभाका अवसरमा सञ्चारकर्मी गोपाल पोखरेल नगद पुरस्कारसहित सम्मानित भएका छन्।उनी अनलाइन टीभी पत्रकार संघ कोशी प्रदेश समितिका साथै कनकाई सुरुङ्गा प्रेस क्लबका सदस्यसमेत हुन्।

​साधारणसभामा साहित्यकार डा. पुण्यप्रसाद सिग्देल, वन समूहका पूर्वअध्यक्ष रुद्रप्रसाद चिमरिया, उत्कृष्ट कर्मचारी नेत्रप्रसाद भट्टराई तथा विद्यार्थीहरू समीर आचार्य, हेमन्त आचार्य र मिरा रिजाललाई सम्मान गरिएको थियो।

​त्यस्तै ज्येष्ठ नागरिकतर्फ हेमलाल मिश्र, हरिमाया मैनाली, ओमप्रसाद पौडेल, पवित्रादेवी ढकाल, टीकाराम खवास, मिनकुमारी घिमिरे र ईश्वरीप्रसाद कट्टेल सम्मानित भएका छन्। फरक क्षमता भएका सन्तोषी विश्वकर्मा, प्रमिला मुर्मू, रामप्रसाद भुसाल र तिलक श्रेष्ठका साथै समूहको आठौँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई पनि सम्मान गरिएको थियो।

​साधारणसभाकै अवसरमा वन परिसरमा निर्मित कनकाई सामुदायिक बहुउद्देश्यीय तालिम भवनको उद्घाटन गरिएको छ। कुल ३ हजार ६७५ वर्गफिट क्षेत्रफलमा बनेको उक्त भवन २ करोड ८७ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ।

​कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य तथा वन समूहका अध्यक्ष ख्यामप्रसाद ओलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कोषाध्यक्ष श्रीप्रसाद खरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष ललितबहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

​कार्यक्रमको सञ्चालन समूहकी सचिव मान्ता खरेलले गरेकी थिइन्।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)