समाचार
हल्दिबारी संवाददाता १९ मिनेट अगाडि

अर्घाखाँचीमा तीर्थयात्री बोकेको बस दुर्घटना : ६ को अवस्था चिन्ताजनक, १६ घाइते

नेपालको अर्घाखाँची जिल्लाअन्तर्गत शितगंगा नगरपालिका–२ भुवनपाटा क्षेत्रमा एउटा यात्रुवाहक बस नियन्त्रण गुमाएर दुर्घटनाग्रस्त हुँदा १६ जना यात्रु घाइते भएका छन्। प्रसिद्ध धार्मिक स्थल सुपा देउरालीको दर्शन गरी फर्कँदै गरेको उक्त बसको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ। घाइतेहरूमध्ये ६ जनाको अवस्था निकै गम्भीर रहेको र उनीहरूलाई तत्काल उपचारका निम्ति स्थानीय अस्पतालमा भर्ना गराइएको छ।

​प्राप्त जानकारीअनुसार नवलपरासीको सुनवलतर्फ जाँदै गरेको लु २ ख ३७२ नम्बरको बस भुवनपाटाको घुम्तीमा पुगेपछि अचानक ब्रेक फेल भएको थियो। तीव्र गतिमा रहेको बस अनियन्त्रित भई सडक किनारको पहाडी भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त हुन पुगेको प्रहरी स्रोतले जनाएको छ।

घटनालगत्तै पुगेको स्थानीय र प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाएका छन्। दुर्घटनाबारे प्रहरीले थप जाँचबुझ अघि बढाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)