कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कविता : ” साहारा ” – दयानन्द गोस्वामी

म तिम्रो मौनता लाई होइन
करुणा को सहारा चाहन्छु,

Advertisement

थाहा छ सारा राम्ररी मलाई
आखिर फूलको आयू कती?

Advertisement

लहलहाउँदो सिन्दुरी यौवन
त्यसको साँस मा बायू कती?

संकीर्ण परिवेश कदाचित हैन
संसारको म विस्तार चाहन्छु,

अनेक प्रश्नहरु को सरोवरमा
उठदछ जिज्ञासा हरुको ढेऊ,

देखें विक्षिप्त व्यथित मनहरु
जस्तै अश्रुरहित ढुँगाको लेऊ,

बारम्बार द्रवित गर्ने मन लाई त्यही निर अश्रु धारा चाहन्छु,

अगणित पाईला हरुको गति
धरतीमा फूलै फूल ले सजाए,

स्वर्णिम थिए सारा सपनाहरु
जुन कसैको के ती काम आए?

यो कस्तो प्रभंजन जोडीयो है!
तरणी एक नाविक र आपदा,

जहाँ प्रति पक्ष बायू नै विपदा
मझधार मैं म किनारा चाहन्छु,

आश्चर्य हुन्न कदाचित कहिल्यै
धैर्यता नभई रोएर बसी रहँदा,

तथापि मनलाई साधक जस्तै
संयमित गराउन धिर चाहन्छु,

म तिम्रो मौनता लाई होइन
करुणा को सहारा चाहन्छु।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article