कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गजल : “याद”

फूललाई देख्दा पनि मेरो याद आउछ
भन्छिन्
झझल्कोले हर पल छाँया सरी धाउछ भन्छिन्

Advertisement

भेटेको थिएन अहिलेसम्म मुटु हल्लाउने यति
थाहै नपाई ओठ्ले प्रेमिल गीत गाउँछ भन्छिन्

Advertisement

जवानी कहिले आयो महसुस नै भएन दु:खमा
चंचल मनले अनेकौं चाहना सजाउछ भन्छिन्

कसरी बस्न गयो थाहै नपाई पो यति धेरै माया
छुट्टिएर पो बस्न नसक्ला मन डराउछ भन्छिन्

हुनै सक्दैनौं एक संसार अलग छ हामी बीचमा
यस्तै परिस्थितिले होश हवास उडाउछ भन्छिन्

माया बस्दैमा पाउनै पर्छ भन्ने मान्यता गलत हो
मायामा खुशी खोज्ने मायामा रमाउछ भन्छिन्

वीरेन मालाकार “सहयात्री”
धापाखेल, ललितपुर

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article