कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बाहुबली निर्देशक राजामौलीको ‘आरआरआर’ मा यस्तो भूमिकामा देखिदै अजय

काठमाडौं l पछिल्लो समय बाहुबली निर्देशक एस राजामौलीको नयाँ फिल्म ुआरआरआरु निकै चर्चा छ । उनी अहिले यसै फिल्मको काममा व्यस्त छन्। भारतिय मिडियाका अनुसार यस फिल्ममा साउथका र जूनियर एनटीआर र रामचरण तेजा मूख्य भुमिकामा देखिदैछन् ।

Advertisement

त्यस्तै फिल्ममा अभिनेता अजय देवगन र आलिया भट्टलाई पनि देख्न सकिनेछ । उनीहरु छोटो र महत्त्वपूर्ण भूमिकामा देखिने बताइएको छ । आरआरआर तेलुगु भाषामा निर्देशन गर्न लागिएको एक्शन फिल्म हो।

Advertisement

पीरियड ड्रामामा आधारित यस फिल्ममाअजय देवगनलाई फ्रीडम फाइटरको भूमिकामा देख्न सकिने जनाइएको छ । उनी दक्षिण भारतीय स्टार्सका गुरुको भूमिकामा देखिने जनाइएको छ । भारतिय मिडियाका अनुसार यस फिल्मको छायांकन २५ प्रतिशत सकिएको जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article