साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जात : राम कटेल

पश्चिम रुकुम घटना संझिन पुगें
भन्छन प्रेमको कारण दलितहरू मारिए
गल्ति कसको हो कानुनले सजाय देला
हत्या गर्नु जघन्य अपराध हो
प्रेम त भगवानको सुन्दर उपहार हो पनि भन्छन
त्यहाँ जातपात उच नीचको कुरा कहाँ आउछ र
बिभेदको घोडा चढेपछि
फूलहरू कुल्चदै हिडने कठोरता पनि आउदो रहेछ
फूलहरू जस्ले मायाँ दिन्छन, मीठो बास्ना र कोमलता दिन्छन
फूल त फूल नै हो त्यो घरआँगनको होस या परतिर बारीको l

Advertisement

म संझन्छु , अर्काको घरमा हली बसेका साहिला कामी दाइले
बाल्यकालमा मलाई बिस्कुटको ठूलो प्याकेट दिएका थिए
बजारमा म थिए , उनी गाउँबाट आएका थिए
बजारमा कति बिस्कुट खाईयो तर त्यस्तो स्वाद पाईएको थिएन
बजारमा यतै कतै किनेका थिए होला
आज सम्म मनले त्यो बिस्कुट खोजिरहन्छ
सायद त्यो साहिला दाइको प्रेम थियो होला  l
म सानोमा गाउँमा छदा बाँसको पिचकारीमा
पानीको होली खेल्थ्यौ
दुध लाने ग्वाला पारीबाट आउथे,हामी सनि काका भन्थ्यौ
प्राय साधरण गंजी र लुंगीमा हुन्थे
होलीको दिन कागजको थुंगा भरी गुलाबी रंगको
अबिर ल्याएर मलाई दिए
मलाई त्यो भन्दा सुन्दर उपहार केही भएन
पछि थाहा पाँए बंगाली समाजमा
उनी सानो जातको मानिदा रहेछन
त्यो गुलाबी रंग मेरो मनबाट कहिले छुटेन,साह्रै पृय छ
सायद त्यो सनि काका को प्रेम थियो  l
गाउँमा छदा मेरो बुवा हर्ट एट्याक्टबाट राति लडनु भएछ
तन्नाको स्टेचर बनाएर लालटिनको उज्यालोमा कुदाउदै
हामी सम्म बुवाको अन्तिम प्राण भए पनि ल्याईदिए
त्यो स्टेचर बोकेर ल्याउनेहरूमा बाहुन क्षेत्रीहरू केहि थिए भने
धेरै दलित युवाहरू थिए
बजारको हाम्रो घरमा राति नौ बजे बिसाए पछि
डाको छोडेर रोएका थिए
त्यो बुवा प्रतिको प्रेम थियो
त्यहाँ जातपात धनी गरीब को कहाँ सवाल उठ्यो र
त्यस दिन देखि ममा अलि अलि भएको
जात को अहंकार पनि समाप्त भएर गयो

Advertisement

बास्तबमा सबै भन्दा माथि उच्च जात त” प्रेम” नै रहेछ l

राम कटेल
धुलाबारी
४गते स्रावण २०७७

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article