समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

नक्कली महको कारखाना पर्दाफास, ३८४ किलो मिसावटी महसहित एक जना पक्राउ

टोखामा अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला काठमाडौं टोखा नगरपालिका-१ स्थित भण्डारे क्षेत्रमा अखाद्य पदार्थ मिसावट गरेर मह उत्पादन तथा बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले कारबाही अघि बढाएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले मिति २०८३ मंसिर ८ गते दिउँसो अन्दाजी १ बजेको समयमा उक्त स्थानमा पुगी जाँच पडताल गरेको थियो।

त्यस क्रममा धादिङको सिद्धलेक गाउँपालिका-२ स्थायी घर भई हाल काठमाडौंको टोखा बस्दै आएका ४४ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको साथबाट अखाद्य पदार्थ मिसावट गरिएको भनिएको १५ बाल्टिन अर्थात् ३८४ किलोग्राम मह समेत बरामद गरिएको छ।

बरामद गरिएको मह तथा पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)