समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विपी प्रतिष्ठानद्धारा क्वारेन्टाईनमा फलफूल वितरण

दिनेश कार्की गाईघाट । जननायक विशेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृती दिवसका अवसरमा विपी कोइराला अध्यय्न प्रतिष्ठान सुनसरीले क्वारेन्टाईनमा फलफुल वितरण गरेको छ ।

Advertisement

नेपाली काग्रेस सुनसरी क्षेत्र नं ४ र विपी कोइराला अध्यय्न प्रतिष्ठान लौकही सुनसरीको आयोजनामा सुनसरी ४ मा रहेका क्वारेन्टाईनमा विदेशबाट आएर बसेका मानिसलाई फलफुल तथा माक्स वितरण गरिएको हो । प्रतिष्ठानका सदस्य तथा नेपाल मुस्लीम संध प्रदेश एकका संयोजक हाजी इसराइल मन्सुरीका अनुसार हरिनगर गाउँपालिका, भोक्राहा–नर्सिङ गाउँपालिका, कोशी गाउँपालिका र बराहक्षेत्र नगरपालिका भित्रका क्वारेन्टाइनहरुमा फलफूल तथा माक्स वितरण गरिएको हो ।

Advertisement

प्रतिष्ठानका सचिव नइम अन्सारीले नेपाली काग्रेसका सस्थाँपक समेत रहेका विपी कोइरालाले नेपालको प्रजातान्त्रीक आन्दोलनमा दिनु भएको योगदान र नेपालको राजनितीमा उहाँको आर्दशलाई सधै आत्मासात गर्दै गरिब दुखीहरुको सेवामा राजनितीलाई लैजाने बाटो अपनाउन प्रतिष्ठानले विपीको बिचारलाई जनतासम्म लैजान सुरु गरेको बताए ।

कार्यक्रममा नेपाली काग्रेस सुनसरी ४ का सभापती तथा कोशी गाँउपालिकाका अध्यक्ष एैयुव अन्सारी, हरिनगर गापा अध्यक्ष गफार अन्सारी, इनरुवा नपाकी उपमेयर जमुना गौतम पोख्रेल, नेपाली काग्रेसका सुनसरीका कोषाध्यक्ष पंकज महतो, क्षेत्र न ४ उपसभापति सदानन्द मण्डल , महिला संघ क्षेत्र अध्यक्ष तथा कोशी गापा उपाध्यक्ष अनिता यादव, प्रतिष्ठानका अध्यक्ष नन्द सिग्देल, क्षेत्र ४ क सभापति उपेन्द्र कट्वाल, प्रतिष्ठानका सदस्य डिल्ली कार्की, इन्दु बराल लागायतको सहभागीता रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article